नियम ११
विघटन गर्न सकिने
(१) नियम ८ को उपनियम (२) बमोजिम गठित व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेमा वा ऐन, यस नियमावली वा
परिषद्को निर्देशन अनुरुप कार्य नगरेमा परिषद्ले त्यस्तो व्यवस्थापन समितिलाई उच्च माध्यमिक विद्यालय रहेको क्षेत्रको क्षेत्रीय शिक्षा निर्देशक र जिल्ला शिक्षा अधिकारीसँग परामर्श गरी विघटन गर्न सक्नेछ । तर सफाई पेश गर्ने मौका नदिई त्यस्तो व्यवस्थापन समितिलाई विघटन गरिने छैन ।
(२) व्यवस्थापन समिति विघटन गर्नु अघि परिषद्ले आवश्यक ठानेमा तत्सम्बन्धमा आवश्यक जाचँबुझ गर्न, गराउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम व्यवस्थापन समिति विघटन भएमा वा अन्य कुनै कारणवश व्यवस्थापन समिति कायम नरहेमा अर्को व्यवस्था नभएसम्म परिषद्ले एक अस्थायी व्यवस्थापन समिति गठन गर्न सक्नेछ ।